थप ३६ जनामा कोरोना संक्रमण भेटियो, सं‌क्रमितको संख्या ५८४ पुग्यो

news-details

शनिबार अपरान्ह थप ३६ जनामा कोरोना संक्रमण भेटिएको छ । यसअघि आज विहान मात्र ३२ जनामा संक्रमण भेटिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

शनिबार अवपरान्ह भएको परीक्षणमा बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *