थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

news-details

शुक्रबार बेलुका थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्र ५९ नयाँ संक्रमित भेटिएका हुन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *