प्याकुरेललाई ‘कोरोना हिरो अवार्ड’

news-details

बिश्वभरी महामारीको रुपमा फैलिएर लाखौं ब्यक्तिहरुको ज्यान लिईसकेको कोरोना भाईरस (कोभिड –१९) ले नेपालमा पनि यो समाचार तयार गर्दा सम्म ४८७ जनालाई संक्रमण गरिसकेको छ भने ३ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा लकडाउन भएको दुई महिना पुगिसक्दा बन्दाबन्दी भएको दिन देखि नै बिभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम, खुल्ला छोडिएका पशुपंक्षीहरूलाई खाना खुवाउने काम, काठमाण्डौको बिभिन्न स्थानमा किट्नाशक औषधी छर्कने काम र लकडाउनको छैठौं दिनबाट दैनिक ३५० जना देखि ४६० जना सम्मलाई खाना खुवाउने कार्यमा व्यस्त थिए शुभारम्भ युवा क्लबका सदस्यहरू । उनीहरूलाई यो कार्यमा संयोजन गरेका छन् क्लबका अध्यक्ष तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले ।

विश्वका भारत बङगादेश,फिलिपिन्स, श्रीलंका, अमेरिका र नेपालको बिभिन्न प्राकृतिक प्रकोपमा उद्धार तथा राहत वितरणको अनुभव लिईसकेका प्याकुरेलले ५१ औं दिन सम्म कोभिड –१९ द्वारा लकडाउनको बेलामा दैनिक गुजारा चलाउन गाह्रो भएका ब्यक्तिहरुलाई काठमाण्डौको सिनामंगल स्थित अमर आदर्श स्कुलको प्राङगणमा दैनिकरुपमा खाना बितरणको ब्यबस्था मिलाएका थिए । काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ को समन्वयमा शुभारम्भ युथ क्लब, आव्हान युवा संजाल, बिजयचोक युवा क्लबका सदस्यहरु मिलि ५१ औं दिन सम्म करिव १८००० जना लाई खाना खुवाएका थिए ।

त्यति मात्र नभई शुभारम्भ युवा क्लबका सदस्यहरूले कोभिड –१९ द्धारा ज्यान गुमाएकी महिलाको दाहसंस्कार पूर्व र दाहसंस्कार पछि पशुपतिको विद्युतीय सवदाह केन्द्रमा शव किटानाशक औषधी छर्केर उक्त स्थानलाई निर्मलिकरण गरेका थिए । सो कामको संयोजन स्काउट तथा क्लबका अध्यक्ष गुणराज प्याकुरेलले गरेका थिए । खाना वितरण कार्यमा चाईल्ड एजुकेशन नेपाल युके श्री सदानन्द प्रणामी म्यारेटेवल ट्रष्ट काठमाण्डौ, नेपाली जनसम्पर्क समिति जर्मन, कृति फाउण्डेशन, नेपाल जर्मन चेम्बर अफ कमर्श, जीवन विज्ञान समुह– टेक्सास, अमेरिका तथा बिभिन्न ब्यक्ति, समुहले सहयोग गरेका थिए ।

५१ औं दिन सम्म निरन्तर संचालित खाना बितरण कार्यक्रम गृह मन्त्रालय, काठमाण्डौ महानगरपालिका र स्थानीय सरकार र प्रशासनको आग्रहमा केहि समयको लागी स्थगत भए पनि विश्वभरी भएका प्राकृतिक प्रकोपमा आफ्नो ज्यान बाजी राखि खटिने प्याकुरेलले खाना बितरण कार्यक्रम केहि दिनमा सुचारू बताएका छन् ।

दुई बर्ष अघि उनको कार्यक्रमको प्रशंसा गर्दै युनिभर्सल तामिल युनिभर्सिटीले उनलाई मानार्थ बिद्यावारिधि उपाधि प्रदान गरेको थियो साथै युथ फर ह्युम्यान राईटस् ईन्टरनेशनलले प्याकुरेललाई संयुक्त राष्ट्र संघको मुख्यालयमा ह्युमन राइट्स हिरो अवार्ड प्रदान गरेको थियो भने कोभिड –१९ को संक्रमणको बेला नेपाल र नेपालीको लागी उनले गरेको योगदानको कदर स्वरुप अमेरिकाको ‘हामी नेपाली’ संस्थाले कोरोना हिरो अवार्ड प्रदान गरेको छ । यस भन्दा अघि उनले नेपाल स्काउटबाट ‘विपद उद्धार पदक’ पनि प्राप्त गरिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *