बिहिबार साझ नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमितको कुल संख्या ४५७ पुगेको छ ।
भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका तथा उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज मात्रे ३० जना नयाँ संक्रमित भेटिएका हुन ।
यसैबीच रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहानै निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ३ पुगेको छ भने निको हुनेको संख्या ४९ जना रहेको छ ।








