सरकारले आन्तरिक तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले जेठ मसान्त अर्थात जुन १४ सम्म आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।