मंगलबार नेपालमा २७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमित भेटिएका छन । जसमा काठमाडौ उपत्यकाका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
मंगलबार गरिएको परीक्षणमा उपत्यकाको काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा १ जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै झापाका ९ जना, कपिलवुस्तका ४ जना, सर्लाहीका २ जना, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासीका १ १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारुी दिएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ भने संक्रमण ३६ जिल्लामा पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या २ जना र निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ ।








