मंगलबार नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण रिपोर्ट अनुसार झापामा ९ र सुनसरीमा १ जनामा संक्रमण भेटिएको हो ।
कोशी अस्पताल विराटनगरमा गरीएको परीक्षणमा झापाको कचनकवल गाउँपालिकाका ९ जना र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना संक्रमण भेटिएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका थिए । उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९० पुगेको छ भने मृत्यु हुनेको संख्या २ रहेको छ । यस्तै निको भएर घर फर्कने ३६ जना पुगेका छन ।








