बाकेमा ४७ सहित ५३ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

news-details

सोमबार नेपालमा थप ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । सोमबार अपरान्ह गरीएको परीक्षणमा बाकेका ४७ जनासहित कुल ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

भेरी अस्पतालमा गरीएको परीक्षणमा बाकेमा ४६ जना पुरुष र १ जना महिला गरी ४७ जना, विराटनगर प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा मोरङका १ जना पुरुष, भैरहवा प्रयोगशालामा गरीएको परीक्षणमा गुल्मीका १ जना पुरुष र धुलीखेल अस्पतालमा गरीएको परीक्षणमा धनुषाका १ जना, रोतहटका १ जना, दाङका १ जना र धादिङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यसअघि आजै विहान रौतहटका ८ जना र बाराका १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा संक्रमिथतको संख्या ३५७ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *