सोमबार विहान रौतहट र बारामा ९ जना कोरोना संक्रमित भेटिए

news-details

सोमबार विहान रौतहट र बारामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा तथा बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाराका संक्रमित संचारकर्मी भएको खुलेको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ३०४ पुगेकोमा २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर फर्किएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *