लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

news-details

सरकारले जारी लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षसहित २ साता लकडाउनको समयावधी थपेर थपेर जेठ २० गतेसम्म यसलाई जारी राख्ने निर्णय गरेको हो ।

यसअघि आजै बसेको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको भन्दै यसलाई लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

चैत्र ११ गतेदेखि जारी लकडाउनको समयावधि सोमबार मध्यरात सकिदै थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । यस्तै निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *