कोरोना संक्रमणबाट नेपालमा दोश्रो मृत्यु, बाकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

news-details

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बस्दै आएका २५ वर्षिय ती युवामा शनिबार राती स्वास्थ्यमा एक्कासी समस्या आएकोमा आइतबार विहान निधन भएको र उनको निधन पछि गरिएको पीसीआर टेस्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरका छन ।

ती युवा बैशाख ३० मा भारतबाट आएर बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यसअघि शनिबार सिन्धुपाल्चोककी २९ वर्षिया महिलाको धुलिखेल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको थियो र उनमा पनि कोरोना संक्रमण भेटिएपछि नेपालमा पहिलो पटक कोरोना बाट मृत्यु भएको पुष्टि भएको थियो ।
नेपालमा हालसम्म २९२ कोरोना संक्रमित भेटिएकोमा योसँगै २ जनाको मृत्यु भएको हो भने ३६ जना निको भएर घर फर्किएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *