रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

news-details

आइतबार रौतहटका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ सय ९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीषणमा रौतहट राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु तथा इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमित सबै भारतबाट आएका र उनीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षणका लागि श्वाव संकलन गरी पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । अहिले संक्रमितहरुलाई विरगंज अस्पताल लैजाने तयारी भैरहेको पनि घिमिरेले बताए ।

नेपालमा शनिबार मात्रै कोरोना संक्रमणका कारण पहिलो पटक एक जनाको मृत्यु भएको थियो । यस्तै निको भएर घर फर्कनेको संख्या ३६ जना पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *