शुक्रबार विहान थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा तथा मकवानपुरका ३७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।








