नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौ उपत्यकामा पछिल्लो २ दिनयता मात्र संक्रमितको संख्या ५ पुगेको छ । अर्का नवलपराशीका ५ वर्षिया बालकको पनि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएकोमा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमााडौंमा गरीएको परीक्षणमा बिहीबार साझ काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाका १७ वर्षीया किशोरी र धादिङका ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आजै मात्र काठमाडौ, कपिलबस्तु र नवलपरासीका १-१ जनामा संक्रमण भेटिएको थियो ।
योसँगै कुल संक्रमितको संख्या २४९ पुगेको छ । संक्रमितमध्ये ३५ जना भने निको भएर घर फर्किसकेका छन् ।









