स्वास्थ्य मन्त्रालयले बिहिबार विहान आफैले निकालेको विज्ञप्ती सच्चाएर कोरोना संक्रमितको संख्या २४५  रहेको जानकारी दिएको छ ।

यसअघि मन्त्रालयले बिहिबार विहान २ जना र पुन ५ जनामा संक्रमण पुष्टि भएको र कुल संक्रमित २५० पुगेको बताएकोमा प्राविधिक कारणले पछिल्लो ५ जना पुरानै संक्रमितको संख्या दोहोरिएको जनाएको हो ।

आज थपिएका संक्रमित काठमाडौ चन्द्रागिरी नगरपालीकाका ३२ वर्षिया पुरुष र कपिलबस्तुका ६ वर्षिया बालिका रहेका छन । कपिलबस्तुकी बालिका काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको अवस्थामा संक्रमण पुष्टि भएको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयले सच्चायो कोरोना संक्रमितको संख्या, संक्रमितको संख्या २४५