बुधबार साझ नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार दिउँसो कपिलवस्तु र बाँकेका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा साझ सम्पन्न परीक्षणमा रुपन्देहीका १२ जना, कपिलवस्तुका ८ जना, पर्साका ३ जना र नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा, कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा, पर्सामा ३६ र ७४ वर्षका पुरुष तथा ३६ वर्षकी महिलामा र नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।









