बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु र बाँकेमा थप १/१ जनामा कोरोना संक्रमण भेटिएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुषको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरु दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थपिएको दुई संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।








