मंगलबार काठमाडौ र भक्तपुरमा भेटिएका ३ संक्रमितमध्ये २ जना महिला लकडाउनकै बीचमा सवारी पास बनाएर उपत्यका भित्रिएको पाइएको छ ।

संक्रमितमध्ये एक जना महिला काठमाडौ, चन्द्रागिरी नगरपालीकाकी रहेकी र उनी बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट आएको तथा भक्तपुर सानोठिमीमा बस्दै आएकी अर्की महिला पनि बैशाख २९ मै सुनसरीबाट आएको पाइएको छ ।

उनीहरु दुवैजना सवारी पास बनाएर उपत्यका भित्रिएका थिए । उनीहरुमध्ये काठमाडौकी महिला सरकारी कर्मचारी परिवारकी सदस्य रहेको र भक्तपुरकी महिला स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी रहेको बुझिएको छ । काठमाडौ आएलगत्तै पीसीआर टेस्ट गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अर्का १ पुरुष भने शसस्त्र प्रहरी हुन र उनी पूर्वगृहमन्त्री तथा नेकपा सांसद भिम रावलका अंगरक्षक भएका पुष्टि भएको छ । उनी १ महिनादेखि विदामा रहेको र रामेछापस्थित घरबाट फकिर्एएर भक्तपुरस्थित दुवाकोटमा परिवारसँग बस्दै आएका बुझिएको छ ।