लगातार कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पर्सा जिल्ला कोरोना संक्रमणको हटस्पट बन्न पुगेको छ । मंगलबारमात्र पर्सामा ५७ जना नयाँ संक्रमित भेटिएका छन । योसँगै पर्सामा मात्र संक्रमितको संख्या ८२ पुगेको छ ।
संक्रमितको संख्या ह्रवात्तै बढेपछि मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेठ ५ गतेसम्म निषेधाज्ञा जारी गर्ने र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवं शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सेना समेत परिचालन गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने पर्सा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालमा हालसम्म २१७ जनामा संक्रमण भएकोमा सबैभन्दा बढी संक्रमित पर्सामा भेटिएका छन ।









