मंगलबार साझ नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै ५७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

आज एकैदिन संक्रमितको संख्या ८३ पुगेको छ । अहिले साझ आएको परीक्षण रिपोर्टमा काठमाडौं र भक्तपुरमा तीन जनासहित २६ जनामा कोरोना संक्रमण भेटिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १ जना, पर्साका १८ जना, महोत्तरीका २ जना र धनुषाका २ जनामा र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थप २६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौ र भक्तपुरमा ३ सहित आजै मात्र ८३ नयाँ संक्रमित थपिए