कोरोना भाइरस (कोभिड–१९) को संक्रमित एकाएक बढेपछि कपिलवस्तु जिल्ला प्रशासनले कपिलबस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

भारतबाट आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको जनाएको छ ।

कपिलबस्तुमा सोमबार मात्रै यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए भने अहिलेसम्म त्यहाँ संक्रमितको संख्या १५ जना पुगेको छ ।

यस अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी आवागमन र हिडडुल निशेध गरीएको जनाइएको छ भने तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।