राष्ट्रीय प्रजातन्त्र पार्टी निकट युवा संगठनका दुई दर्जन नेताहरुलाई आज प्रहरीले पक्राउ गरेको छ । भारतले नेपाली भूमिमा सडक बनाएको भन्दै भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन गर्न जाने तयारीमा रहेका युवा नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भुमी हो । भारतीयसेना फिर्ता गर । हाम्रो भूमि मिच्न पाइदैन । भारतीय विस्तारबाद मुर्दावाद । भारतीय हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका पप्लेटहरु बोकेर बिरोध जनाएका थिए ।

प्रहरीले उनिहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको छ । पक्राउ पर्नेमा राप्रपा युवा नेता कैलाश कटुवाल, हिक्मतजंग कार्की, कुन्ती कुमारी शाही, प्रकाश रिमाल, महेश सिंह, शशी भण्डारी, निराजन बम, जगदिश राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत लगायका युवा नेता पक्राउ परेका हुन ।
प्रहरीले बल प्रयोग गर्दा युवक संगठनका उपाध्याय कैलाश कटुवाल,सचिव हिक्मतजंग कार्कीलगायतलाई सामान्य चोट लागेको थियो । भारतीय हस्तक्षेप नरोकीएसम्म आन्न्दोलन जारी राख्ने उनिहरुले बताएका छन । राप्रपाले भारतीय हस्तक्षेपको बिरोध गर्दै आएको छ ।








