कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ भने सप्तरीमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार गरीएको पीसीआर परीक्षणमा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का १० जना  पुरुषहरुमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालये जनाएको छ ।

नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

सप्तरीमा १ जनामा संक्रमण पुष्टि

यसैगरी सप्तरी, डाक्नेश्वरी नगरपालिकन– ५ का एक युवामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किएकोमा ३ जना पुन अस्पताल भर्ना भएका छन ।

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण भेटियो, लकडाउनमा भारतबाट आएका थिए