स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरबार निशेधित क्षेत्रतर्फ अघि बढेका चिनिया नागरिकलाई रोक्ने क्रममा नेपाल प्रहरी र चिनिया नागरिकबीच भिडन्त भएको छ ।

सिंहदरबारतर्फ अघि बढेका चिनिया नागरिकलाई रोक्न रोज्दा उनीहरु एक्कासी आक्रमणमा उत्रिएपछि निकैबेर प्रहरी र चिनिया नागरिकबीच घम्साघम्सी भएको थियो ।

आक्रमणमा परी महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेहरुलाई अहिले उपचारका लागि बिर अस्पताल पुरयाइएको छ ।

सो क्रममा ३३ जना चिनियाँ नागरिकलाई हिरासतमा लिइएको महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले बताए ।