बिराटनगरको कोशी अस्पतालबाट थप ८ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई शुक्रबार विहान डिस्चार्ज गरिएको हो। ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय रहेका छन् ।
कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ।
यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासी सहित १२ जनामा बैसाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएको थियो । भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अहिले कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।








