बिहिबार साझ कपिलवस्तु जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका ८ जनाको पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण नदेखिए पछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको अस्पतालले जानकारी दिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १ पुगेकोमा २२ जना निको भएर घर फर्किएपनि ३ जना पुन अस्पताल भर्ना भएका छन । यस्तै डिस्चार्ज हुने ८ जना थपिदा निको भएर घर फर्कनेको संख्या २७ पुग्नेछ ।









