प्रधानमन्त्री केपी शर्मा ओलीले आज साझ ७ बजे  घरघरमा दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाउन र कोरोना विरुद्ध ऐक्यबद्धता जनाउन सम्पूर्ण देशवासीलाई अपिल गरेका छन ।

देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रम ओलीले गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि आग्रह गरेका हुन ।

साथै प्रधानमन्त्री ओलीले सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण स्थिति भयावह भइ नसकेको बताउदै यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्नेमा सतर्क रहन अनुरोध गरेका छन ।

https://www.youtube.com/watch?v=ZwfqdJnLykI&feature=emb_title