बुधबार नेपालमा थप १७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएको हो ।
संक्रमित हुने सबै पर्सा जिल्ला वीरगञ्जका एकै परिवारका सदस्य भएको पाइएको छ । उनीहरु १० जना पुरुष र ७ जना महिला रहेका छन् । जसमा २ महिने शिशु समेत रहेका छन ।
आज भेटिएका संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ भने २२ जना निको भएर घर फर्किएकोमा ३ जना पुन अस्पताल भर्ना भएका छन ।








