आइतबार साझ बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि आइतबार नै नेपालगञ्जमा ९ र बीरगंजमा १ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा आइतबार मात्र १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संकलित स्वाबको परीक्षण गर्न अझ बाकी नै रहेको हुदा र कन्ट्याक ट्रेसिङ भएकाहरुको थप स्वाब आज पनि संकलन भएको हुदा यो संख्या अझ बढन सक्ने खतरा भएको जनाइएको छ ।








