आइतबार नेपालमा एकैपटक १० जना कोरोना संक्रमित भेटिएका छन । नेपालगञ्जमा ९ जना र बीरगंजमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार सम्पन्न पिसिआर परीक्षणमा नेपालगन्जमा ५ जना पुरूष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तथा पर्साको बीरगंजमा ३६ वर्षिया १ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएकोमा रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ।








