राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेकी छिन । यसअघि आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २६ गते बजेट अधिवेशन गर्नका लागि सिफारिस गरेको थियो ।

वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि संघीय संसद भवन नयाँबानेश्वरमा दुवै सदनको सयुक्त बैठक आब्हान गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसअघि कोरोना संक्रमण ९कोभिड १९० कै कहरकाबीच आगामी जेठ १६ गते संसदमा बजेट प्रस्तुत गर्नेगरी सङ्घीय संसद् सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

बजेट प्रस्तुत अघि सरकारका नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न बजेट अधिवेशन आब्हान गरिएको जनाइएको छ ।