आइतबार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई नारायणी अस्पताल पुर्याइएको अस्पतालले जनाएको हो ।

संक्रमितमध्ये हालसम्म १६ जना निको भएर घर फर्किएकोमा रौतहटका १९ वर्षिया एक युवक पुन ः अस्पताल भर्ना भएका छन । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएका उनमा स्वास्थ्य समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको छ ।