शुक्रबार नेपालमा थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

रुपन्देहीका २५ वर्षीय एक युवक र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

रुपन्देहीका २५ वर्षिया युवक लकडाउनकै समयमा गत बैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । तर उनलाई गाउ आइपुग्नासाथ क्वारेन्टाइनमा राखिएको बुझिएको छ । क्वारेन्टाइनमै बसेको अवस्थामा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पतालमा पुर्याइएको छ ।

यस्तै बाकेमा कोरोना संक्रमण पुष्टि भएका ६० वर्षीय बृद्धको बाँकेको खजुरास्थित कोरोना अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ । हालसम्म दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

नेपालमा हालसम्म १६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।