सरकारले उपत्यका लगायत विभिन्न जिल्लाबाट घर फर्कने नागरिकहरुको आवतजावतमा रोक लगाएको छ । केहि दिन यता स्थानीय तहको समन्वयमा अलपत्र परेका यात्रु ओसारपसार गरिदै आएकोमा अर्को व्यवस्था नभएसम्मका लागि त्यसमा रोक लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न र सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन परिपत्र गरिसकेको जनाएको छ ।

पछिल्लो समय स्थानीय निकायको पहलमा उपत्यकासहित विभिन्न जिल्लाबाट अलपत्र यात्रुहरुलाई घर फर्काउने व्यवस्था गरिँदै आएकोमा अत्याधिक भिड बढन थालेपछि र लकडाउन नै प्रभावित हुने खतरा बढेपछि आवतजानतमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।