आइतबार गरीएको पिसिआर परीक्षणमा झापामा थप एक जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोशी अञ्चल अस्पताल विराटनगरमा आइतबार गरीएको पिसिआर परीक्षणमा झापा, राजगढ निवासी ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या १६ पुगेको छ ।