आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोयशालामा गरिएको पिसिआर परीक्षणमा वीरगञ्जका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुलाई वीरगञ्जकै नारायणी षेत्रीय अस्पताल लैजाने तयारी भैरहेको बुझिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ भने निको हुनेको संख्या १६ पुगेको छ ।









