सरकारले पार्टी फुटाउन सहज हुने विद्येयक ल्याएको केहि दिन नबित्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ ।
नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने र झण्डा समाजवादीको तथा चुनाव चिन्ह राजपाको हुने गरी पार्टी एकताको घोषणा भएको छ ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
समाजवादी पार्टी फुटाउने सात सांसदको प्रयास भए लगत्तै २ पार्टी एकिकरण भएको स्रोतको दावी छ र यता रेणु यादवको नेतृत्वमा त्यो प्रयास भएको बताइएको छ ।










