मंगलबार उदयपुरमा एकैदिन थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस आसपास क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा थप ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको तथा अन्यको परिक्षण जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन ।

मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ पुगेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन ।

नेपालमा एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो