अमेरिकाबाट काठमाण्डौ फर्कीएका संखुवासभाका आङदावा शेर्पाले काठमाण्डौको सुन्दरीजलमा रहेको लवप्रसाद वालगृहमा रहेका अनाथ र असहाय बालबालिकालाई सहयोग गरेका छन् । लकडाउनका कारण बालबालीकालाई खाद्यान्न समस्या भएपछी उनले त्यहा रहेका तीसजना बालबालिकाको लागी खाद्यान्न सहयोग गरेका हुन् ।

उनले बालबालिकाको लागि १७ बोरा चामल, दाल, नुन, तेल र आबश्यक सामाग्री खरिद गर्न तीसहजार रूपैया सहयोग गरेका हुन् । कोरोना भाईरसको कारण लकडाउनको अवस्था भएपछि बालबालिकामासमेत खाद्यान्नलगायतको आर्थिक समस्या पर्दै आएको थियो ।

आङदावाको मन अनाथ र असहाय बालबालिका माथि

उनले गरेको सहयोगको कारण तत्कालका लागि समस्या टरेको असहाय बालबालिकाको संरक्षण गर्दै आएकी संचालिका ऊषा ओलीले बताईन। यस्तो अप्ठ्यारो समयमा बालबालिकालाई सहयोग गरेको भन्दै सहयोगी शेर्पाप्रति आभार व्यक्त गरेकी छन । युवा समाजसेवी शेर्पाले बालबालिकालगायतको क्षेत्रमा सहयोग गर्दै आएका छन । आगामी दिनमासमेत अप्ठ्यारो परेकाहरुलाई मनबाट सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरेका छन।