कोरोना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका एक युवक निको भएर आइतबार डिस्चार्ज भएका छन ।
चैत ११ गते मुम्बइबाट कैलाली आएका २१ वर्षीया ती युवकको चैत २२ गते कोरोना संक्रमणको परिक्षण गर्दा पोजेटिभ देखिए पछि सेती अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको हिजो शनिबार र आज आइतबार गरिएको दुवै परिक्षण नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै संचारकर्मीहरुसँग बोल्दै ती युवकले अस्पतालमा आफुले राम्रो उपचार पाएको र अब घर पुगेपछि १५ दिन अलग्गै बस्ने तथा अरूलाइ पनि कोरोना संक्रमणबारे सजग बनाउने बताए ।
हालसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनीसहित ४ जना निको भएर घर फर्किसकेका छन भने बाकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।








