शुक्रबार मात्रै १२ जना कोरोना भाइरस संक्रमित भेटिएका उदयपुरमा शनिबार पनि थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका एक जना ६५ वर्षिया भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि शुक्रबार मात्रै भुल्केस्थित सोही मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।