नेपालमा कोरोना संक्रमण पुष्टि भएकी दोश्रो युवती २७  दिनपछि पूर्णरुपमा निको भएपछि घर फर्केकी छिन । टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचारार्थ उनी शनिबार डिस्चार्ज भएकी हुन ।

गत चैत्र ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी काठमाडौकी १९ वर्षिया ती युवतीमा चैत्र १० गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता अस्पतालमा उपचार गराइरहेकी उनी २७ दिनपछि पूर्णरुपमा निको भएकी हुन ।

बागलुङकी ६५ वर्षीया वृद्धा पनि डिस्चार्ज 

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीय वृद्धा पनि कोरोनामुक्त भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई पनि डिस्चार्जको तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यी वृद्धा चैत ४ गते बेल्जियमबाट कतार एयरको फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएकोमा आजै काठमाडौकी १९ वर्षिया युवति निको भएर घर फर्किसकेकी छिन भने बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छिन ।

उनीहरु भन्दा अघि कोरोना संक्रमण भएका एक युवक पनि यस अघि नै निको भएर घर फर्किसकेका छन । अहिलेसम्म नेपालमा कोरोना संक्रमण भेटिएका ३० जनामा ३ जना निको भइसकेका छन भने बाकी २७ जना उपचार गराइरहेका छन ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित २ विरामी पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएकोमा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि बधाई तथा धन्यवाद दिएका छन ।

https://www.facebook.com/neptv2041/videos/1699966023479253/