चीनको ग्वाङ्जाओबाट कोरोना भाइरस (कोभिड १९) को परिक्षण तथा उपचारका लागि स्वास्थ्य सामाग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी जहाज काठमाडौँ आइपुगेका छन् ।
नीजि क्षेत्रका व्यवसायीले कोरोना परिक्षण तथा उपचार सामग्री लिन चार्टर्ड गरेको निगमका दुवै जहाज बिहीबार ग्वाङ्जाओ पूस्थान गरेकोमा शुक्रबार विहान उक्त सामाग्री लिएर दुवै जहाज काठमाडौ आइपुगेको हो ।
फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले दुवै विमानमा गरेर २७.६ टन सामग्री ल्याएको जनाइएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।








