कीर्तिमानी आरोही निर्मल पूर्जा मगर र मिङमा डेविट शेर्पा नेतृत्वको समूह एलिट हिमालयन एडभेन्चरसले पर्यटन क्षेत्रमा ज्याला मजदुरी गर्ने समस्यामा परेका गाइड,पोटरलगायतका मजदुरहरुलाई खाद्यन्न सहयोग गरेको छ ।

कोरोना संक्रमण महामारीका कारण लकडाउन मात्र नभई वसन्त ऋतुमा सम्पूर्ण पर्वतारोहण र ट्रेकिङ सम्बन्धी क्रियाकलाप स्थगित भएसँगै पर्यटन क्षेत्रमा ज्याला मजदुरी गर्ने गाइड तथा भरिया यसको प्रत्यक्ष मारमा परेका छन ।

एलिट हिमालय एडभेन्चरले पर्यटन क्षेत्रका मजदुर परिवारलाई गर्यो खाद्यान्न सहयोग

यद्यपि तत्कालका लागि लकडाउनका कारण दैनिक गुजारामा नै समस्या परेका उनीहरुलाई सहयोग गर्ने उदेश्यसहित पहिलो चरणमा १० परिवारलाई १० हजारको दरले आर्थिक सहयोग र ५० परिवारलाई २५ केजी चामल, ३ केजी दाल, १ लिटर तेल, २ केजी चिनी, १ केजी नुन र एक प्याकेट चिया उपलब्ध गराएको आरोही तथा पर्यटन व्यवसायी मिङमा डेविड शेर्पाले जानकारी दिए ।

एलिट हिमालय एडभेन्चरले पर्यटन क्षेत्रका मजदुर परिवारलाई गर्यो खाद्यान्न सहयोग

आवश्यकताका आधारमा यो अभियानलाई निरन्तरता दिने प्रयास आफुहरुको रहेको शेर्पाले जानकारी दिए । पर्यटन क्षेत्रमा निर्भर रहेक कयौं परिवार समस्यामा परेको छ । यसतर्फ पनि सरकारको ध्यान जानु पर्ने उनको भनाई छ ।