काठमाडौ पेप्सीकोलामा अवस्थित सनसिटी अर्पामेन्टमा बस्नेहरुको कोरोना संक्रमण (कोभिड १९)को परिक्षण सुरु भएको छ ।
मंगलबार उक्त अर्पामेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अपार्टमेन्टमा बस्नेहरुको बुधवारबाट र्यापिड डाइगोनेस्टिक विधिबाट टेस्ट सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए ।
नगरपालिकाका प्रमुख कृष्णहरि थापाले अर्पाटमेण्टमा बस्ने २ सय ४२ जनाको आज परीक्षण गरिने र अन्यको क्रमश गर्दै लैजाने बताए ।
सनसिटीका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् । २ जनामा कोरोना भएलगत्तै शिल गरिएको अपाटमेन्टभित्र रहेकाहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागेका हुन ।








