सरकारले लकडाउनको समयावधि थप १२ दिन जारी राख्ने निर्णय गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय कोरोना संक्रमित विरामी थप हुदै जान थालेपछि यसलाई थप फैलन नदिन चौथो पटक लकडाउनको समय बढाइएको सरकारको भनाई छ । तेस्रो पटक थपिएको लकडाउनको समयावधि बुधबार बैशाख ३ गते सकिदै थियो ।
यस अघि सरकारले पहिलो पटक चैत ११ बाट १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेकोमा त्यसलाई थप गरेर चैत्र २५ गतेसम्म लम्व्याएको थियो । तर, यो अवधिमा थप कोरोना संक्रमित भेटिएपछि सरकारले पुन बैशाख ३ सम्म लकडाउन जारी राखेको थियो ।
नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । आजै छिमेकी मुलुक भारतले पनि लकडाउनको समयावधि थपेर बैशाख २१ सम्म पुर्याएको छ ।








