काठमाडौ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट सोमबार कोरोना आशंकामा पाटन अस्पताल पु¥याइएका ३ जनामध्ये २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनीहरु गत चैत्र ५ गते बेलायतबाट फर्किएर सनसिटी अपार्टमेन्टको १५ औ तल्लामा बस्दै आएका थिए । विदेशबाट फर्किएकाहरुको र्‍यापिड टेष्ट गर्ने क्रममा ३ जनामा पोजेभिट देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसन कक्षमा भर्ना गरेर टेकु अस्पतालमा पिसिआर विधिमार्फत थप परिक्षण गर्दा २ जनामा संक्रमण भएको पुष्टि भएको हो भने थप १ जनाको विवरण आउन बाकी रहेको छ ।

यी ३ मा कोरोना संक्रमणको आशंका भएलगत्तै प्रहरीले सोमबारबाटै सनसिटी अपार्टमेन्टलाई शिलबन्दी गरेर आउजाउमा कडाई गरेको छ ।