काठमाडौ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको आशंका भएपछि पाटन अस्पताल पु¥याइएको छ ।

अपार्टमेण्टमा रहेको ३ वटा व्लकमध्ये ब्लक ‘ए’ को पाचै तलामा बस्दै आएका उनीहरु चैत्र ५ गते कतार एयरवेजमार्फत बेलायतबाट आएका हुन । उनीहरु बाबु, आमा र छोरी रहेको बताइएको छ ।

सुरुमा ¥यापिड टेस्ट गर्दा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षणका लागि पाटन अस्पतालको आइसोलेसन वार्डमा पु¥याइएको अस्पतालले जानकारी दिएको छ । साथै अस्पतालका अनुसार अहिले साझ नै पिसिआर विधिबाट पुन : परिक्षण गर्न तिनै जनाको स्वाव संकलन गरिएको र हाल उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालको भनाई छ ।

यी ३ मा कोरोना संक्रमणको आशंका भएलगत्तै अहिले प्रहरीले सनसिटी अपार्टमेन्टलाई शिलबन्दी गरेर आउजाउमा कडाई गरेको छ ।

आजै मात्र कैलाली र रौतहटमा २ नयाँ कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।