कोरोना भाइरस (कोभिड–१९)को उपचार सहजताका लागि भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.ले कान्ति बाल अस्पताललाई २५ थान पिपिई सहयोग स्वरुप उपलब्ध गराएको छ ।

शुक्रबार अस्पतालमै पुगेर पूर्व स्वास्थ्यमन्त्री तथा संघिय सांसद खगराज अधिकारीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । सो अवसरमा पूर्वमन्त्री अधिकारीले एउटा संस्थाले आफ्नोतर्फबाट गरेको यस किसिमको सहयोग राष्ट्रकै लागि अनुकरणिय भएको भन्दै अस्पताल आफैले आफ्नो आवश्यक्ता अनुसारको सामाग्री ल्याउन सक्नेगरी सरकारले बजेट व्यवस्थापन गरेर काम गर्नसके थप सहजता आउने बताए ।

कान्ति बाल अस्पताललाई ‘भिजन एण्ड भ्यालु ओभरसिज’ले प्रदान ग-यो कोरोना उपचारका लागि ‘सुरक्षा कवच’

सहयोग सामाग्री हस्तान्तरणका अवसरमा भिजन एण्ड भ्यालु ओभरसिजका संचालक पदमराज पौडेलले कान्ति बाल अस्पतालमा कोरोना उपचारका लागि अत्यावश्यक पिपिइ सामाग्री ज्यादै कम भएको भन्ने थाहा पाएर आफ्नो संस्थाकोतर्फबाट तत्काल २५ थान पिपिई उपलब्ध गराइएको बताउँदै चाडै थप २५ थान उपलब्ध गराउने प्रतिवद्धता पनि जाहेर गरेका थिए ।

उनले यो महामारीमा थोरै भएपनि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको र यस्तो समयमा सरकारले मात्र नभएर हरेक नागरिकले आफ्नो सामाजिक दायित्व निभाउनुपर्नेमा जोड दिए । पौडेलले कान्ति अस्पतालसँगै कास्कीको मादी, रुपा र माछापुच्छ्रे गाउँपालीका तथा अन्य सरकारी अस्पतालमा गरी ३ सय थान पिपिई सहायतावापत उपलब्ध गराउने बताए ।

कान्ति बाल अस्पताललाई ‘भिजन एण्ड भ्यालु ओभरसिज’ले प्रदान ग-यो कोरोना उपचारका लागि ‘सुरक्षा कवच’

सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोभिड १९ को उपचारमा प्रत्यक्षरुपमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाकवचकोरुपमा रहेको पिपिई विश्वव्यापीरुपमै अभाव भएको अवस्थामा यस्ता सहयोगले उपचारमा थप सहजता र हौसला मिल्ने बताए ।

पौडेलले हाल अस्पतालमा ६२२ जना कर्मचारी रहेकोमा सरकार तथा संस्थागतरुपमा गरेर अहिलेसम्म २ सय थान पिपिई उपलब्ध भएको जनाउदै यस्तै सहयोगहरुले कोरोना उपचारका लागि अस्पताललाई थप सक्षम बनाउदै लैजानेमा आफु आशावादी रहेको बताए ।

कान्ति बाल अस्पताललाई ‘भिजन एण्ड भ्यालु ओभरसिज’ले प्रदान ग-यो कोरोना उपचारका लागि ‘सुरक्षा कवच’

अस्पतालमा हाल १० वेडको आइसोलेसन वार्ड, २ वटा अत्याधुनिक कक्ष तथा १५ वटा क्याविन तयारी अवस्थामा राखिएको र यदि आवश्यक्ता परेमा तत्काल कुनै वार्ड नै खालि गरेर प्रयोगमा ल्याउन सकिने र क्षमता बढाउन सकिने पनि अस्पतालका निर्देशक पौडेलले बताए ।

कान्ति बाल अस्पताललाई ‘भिजन एण्ड भ्यालु ओभरसिज’ले प्रदान ग-यो कोरोना उपचारका लागि ‘सुरक्षा कवच’

वैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित तथा आकर्षक कामका लागि नेपाली कामदारहरुलाई पठाइरहेको भिजन एण्ड भ्यालु ओभरसिजले स्वदेशमा आइपरेका विभिन्न विपतहरुमा यसरी नै सहायता उपलब्ध गराउदै आइरहेको छ । यसका साथै आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न सामाजिक गतिबिधी गर्दै आएको संस्थाले केहि समय अघि मात्र कोरोना संक्रमित विरामीलाई लक्षित गरी रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।