सरकारले शुक्रबार र शनिबार उपत्यकामा रोकिएका तथा अलपत्र परेकाहरुलाई उपत्यकाबाहिर जान दिने भन्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । गृह मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गरि यस सम्बन्धी कुनै निर्णय नभएको जानकारी दिएको हो ।

यसअघि विहिबार दिनभर कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले शुक्रबार र शनिबार उपत्यकामा रोकिएका तथा अलपत्र परेकाहरुलाई उपत्यकाबाहिर जान दिइने निर्णय गरेको भन्दै प्राय : संचारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

त्यसो त प्रधानमन्त्रीको कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत यी दुई दिन उपत्यका बाहिर जान दिइने तर भित्रन भने नदिइने स्टाटस राखिएको थियो । त्यसैलाई आधार बनाएर संचारमाध्यमले सुचना संप्रेषण गरेका थिए ।

तर, साझ उक्त स्टाटसमा अपडेट भनिएर यस सम्वन्धि कुनै निर्णय नभएको सुचना उल्लेख गरिएको छ । उता समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलले पनि यस सम्वन्धी कुनै निर्णय नभएको स्पष्टिकरण दिएका छन ।

उपत्यकाबाहिर जान दिइने विषयमा कुनै निर्णय भएको छैन : गृह मन्त्रालय